क्वाटी पुन्ही कार्यक्रम २०२३

क्वाटी पुन्ही कार्यक्रम २०२३ **मिति : २ सेप्तेम्बेर २०२३ (शनिबार) कासाई रिङ्काई कोऊएन**

क्वाटी पुन्ही कार्यक्रममा हार्दिक निमन्त्रणा । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यो वर्ष पनि क्वाटी पुन्ही कार्यक्रम आयोजना गर्दैछ ।स्वादिष्ठ क्वाटीको परिकारको साथै समेबजी, नेपाली खाना तथा पिय पदार्थ पनि उपलब्ध गराईनेछ ।

मनोरञ्जनात्मक कार्यक्रम जस्तै बिङ्गो गेम, डाङडुङकासा खेली, घिन्तांग किसी नाचका साथ रमाईलो गरिनेछ |

*क्वाती पुन्ही कार्यक्रम *

●मिति : २ सेप्तेम्बेर २०२३ (शनिबार)
●स्थान: कासाई रिङ्काई कोऊएन(葛西臨海公園)
●समय: १२ :००~ १७:००
●शुल्क
पुरूष : ¥३५००
महिला: ¥३०००
१२ वर्ष भन्दा माथिका बाल-बालिका : ¥१,५००
१२ वर्ष भन्दा मुनिका बाल-बालिका : नि:शुल्क
नोट: –
कार्यक्रम गर्ने भनेको दिन पानी या ताईफु आएमा रद्ध गरिनेछ । सकेसम्म त्यसपछीको शनिबार या आईतवार गरिनेछ ।

Please Click the Event below and select going if interested.
https://m.facebook.com/events/593187013005175

टोकियोमा सामुहिक ईही (बेल बिवाह ) र क्येता पूजा (ब्रतवन्ध )कार्यक्रम

नेवा: अन्तरास्ट्रिय फोरम जापानको आयोजनामा श्री प्रज्योल रत्न बज्राचार्य गुरुज्यु द्वारा सामुहिक ईही (बेल बिवाह ) र क्येता पूजा (ब्रतबन्ध) कार्यक्रम गरिने भएको छ I कार्यक्रमको तालिका निम्न अनुसार छ , इच्छुक व्यक्तिहरु भाग लिनु होला l
कार्यक्रमको स्थान : सोलमारी रेस्तुरेन्टको हल सिनओकुबो                                                              ठेगाना : १६९-००७३ टोकियो शिन्ज्युकु ह्याकुनिन् च्यो २-२०-२३ दोस्रो तल्ला                                सम्पर्क नम्बर : ०८०-५१९३-५५६४ , ०७०-१२११-१५०२                                                          कार्यक्रमको मिति : २७ अगस्त २०२३ (आइतबार)
कार्यक्रमको समय : बिहान ८बजे देखि दिउँसो १ बजे सम्म